बिहीबार, जेठ २, २०८२

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस र आर्मी भिड्दै

नेपालखोज २०७८ मंसिर ६ गते ८:३७

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज हुने पहिलो खेलमा विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

दिनको पहिलो खेल आर्मी र र पुलिसबीच दिउँसो एक बजे दशरथ रंगशालमा सुरु हुनेछ । साविक उपविजेतासमेत रहेको आर्मी यसपटक उपाधि जित्ने लक्ष्यका साथ लिग खेल्दैछ । यस्तै तीन पटकको विजेता पुलिस पनि सुदख सुरुवात गर्ने लक्ष्यमा छ ।

प्रतिक्रिया