शनिबार, वैशाख १५, २०८१

७ अंकले बढ्यो नेप्से, ३ अर्ब ९२ करोडको कारोबार

नेपालखोज २०७८ मंसिर ६ गते १५:३०

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से साताको दोस्रो काराबार दिन आज सोमबार भने सात दशमलव नौ अंकले बढेर २७ सय ६५ दशमलव ४३ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले बढेर पाँच सय १९ दशमलव ४६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको ५१ हजार पाँच सय २६ पटकको कारोबारमा ७५ लाख ६५ हजार पाँच सय १० कित्ता सेयर किनबेच भएका छन् ।

उक्त किनबेचका आधारमा कुल सेयर कारोबार रकम तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार छ सय २७ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा आज पाँचवटा समूहको सूचक घटेर आठवटा समूहको सूचक बढेका छन् ।

सोमध्ये वाणिज्य बैंक समुहको सूचक दुई दशमलव ८९ अंकले बढेर १८ सय २६ दशमलव ५२ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ९९ दशमलव ४८ अंकले बढेर १२ हजार चार सय ५० दशमलव ५४ अंकमा पुगेको छ ।

जलविद्युत, होटेल तथा पर्यटन, ट्रेडिङ, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने आज ३४ दशमलव ९९ अंकले घटेर ५३ सय ८१ दशमलव दुई अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि सात दशमलव आठ अंकले घटेर १४ हजार नौ सय ६९ दशमलव ५१ झरेको छ । यीबाहेक फाइनान्स, उत्पादनमुलक र लघुवित्त समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज मानुषी लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १८ सय नौ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव १४ प्रतिशतले घटेर चार सय १४ रुपैंयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सात सय ४० रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ४१ लाख २५ हजार पाँच सय दुई रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया