आइतबार, फागुन १३, २०८०

सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न एमालेकाे माग

नेपालखोज २०७८ मंसिर ६ गते २०:३४

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले सोमबार आन्दोलनरत नेपाल बार एसाेसिएसनको ज्ञापन पत्र बुझ्दै सर्वोच्च अदालत परिसरमा सशष्त्र प्रहरी परिचालन नगर्न सरकारलाई सचेत गराएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको नेपाल बार एसाेसिएसनको आन्दोलनलाई लक्षित गरेर सर्वोच्च अदालत परिसरमा सशष्त्र प्रहरीसमेत परिचालन गरिएको छ ।

त्यसो गर्नु दुःखद् घटनाको भएको उपनेता नेम्वाङले प्रतिक्रिया दिनु भयो । उहाँले न्यायालयबारे नेपाल बार एसाेसिएसनले उठाएको मुद्दा गम्भिर भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले सर्वोच्च अदालतले आफूहरुले दिएको रिटको समेत सुनुवाई नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताए ।

प्रतिक्रिया