बिहीबार, वैशाख १३, २०८१

‘हामी जतिबेला पनि केही सानदार खोजिरहन्छौँ’

नेपालखोज २०७८ मंसिर ८ गते ७:३१

-यदि तपाईं आनन्दित हुन चाहनुहुन्छ भने, तपाईं आफूभित्र फर्किनुपर्छ किनकि आनन्द तपाईंभित्रै उत्पन्न हुन्छ ।
-अधिकांश मानिसका लागि प्रेमको अर्थ यस्तो हुन्छ- ‘तिमीले त्यही गर्नुपर्छ, जे म चाहन्छु ।’ होइन । प्रेमको अर्थ यो हो : उनीहरूले चाहेको कुरा गर्न सक्छन्, अनि हामी तब पनि उनीहरूलाई प्रेम गर्छौं ।
-योग अभ्यासहरूले तपाईंलाई उच्च स्तरमा जीवन्त राख्छन् । यदि तपाईंको ऊर्जा-शरीर जीवन्त र सन्तुलित भयो भने, स्वाभाविक रूपमा तपाईं शारीरिक र मानसिक स्तरमा स्वस्थ रहनुहुनेछ ।
-हामीले हाम्रा छोरी-चेलीहरूलाई सशक्त बनाउन जरूरी छ, ताकि उनीहरूले आफ्नो लागि पूरै जिम्मेवारी वहन गर्न सकून् । यदि यसले उनीहरूमा आनन्द, गरिमा र शालीनता ल्याउँछ भने, उनीहरूले चाहेको कुरा गर्न दिनुहोस् ।
-जब तपाईंको मन पूर्णत: स्थिर बन्छ, तपाईंको बुद्धिमत्ताले मानव सीमाहरूभन्दा पर काम गर्दछ ।
-हामी जतिबेला पनि केही सानदार खोजिरहन्छौँ । हामीले यो बुझ्ने समय भएको छ कि जीवनका सबैभन्दा सुन्दर पक्षहरू बिस्तारै, सूक्ष्म तरिकाले हुन्छन्, कुनै धमाका वा नाटकबिना ।
-हाम्रो शरीर मूल रूपमा माटो र पानी हो । हाम्रो माटो र पानीको गुणले नै हाम्रो खाना, हाम्रो शरीर र हाम्रो जीवनको गुण तय गर्दछ ।
-जब मानिसको स्वास्थ्य, खुसियाली, आनन्द र सन्तुष्टिको कुरा आउँछ, त्यो प्राप्त गर्ने एकमात्र तरिका आफूभित्र फर्किनु हो ।
-मेरो जीवनको हरेक पक्ष भक्तिमा डुबेको छ । यो भक्तिमाथि बसेका कुनै भगवान्‌प्रति होइन, बरु मेरो सेरोफेरोमा रहेका सबैथोकप्रति हो ।

प्रतिक्रिया