शनिबार, वैशाख १५, २०८१

कियाको यो शानदार कन्सेप्टले देखाउँछ कारकाे भविष्य !

नेपालखोज २०७८ मंसिर ८ गते ७:२९
No description available.

काठमाडाैं । अहिले अमेरिकाको लस एन्जलसमा अन्तर्राष्ट्रिय अटो शो-२०२१ चलिरहेको छ । यो अटो शोमा संसारभरका वाहन निर्माता सहभागी मात्र छैनन् उनीहरुले आफ्ना नयाँ उत्पादनका साथ भविष्यमा ल्याउने कारका कन्सेप्टसमेत प्रस्तुत गरिरहेका छन् ।

खासकुरा के भने यसपटकको एलए (लस एन्जलस ) अटो शोमा इलेक्ट्रिक कार तथा कन्सेप्टकाे बोलबाला छ । यहि अटो शोमा दक्षिण कोरियाको प्रसिद्ध मोटर कम्पनी कियाले एउटा शानदार कन्सेप्ट कार ईभी नाइन प्रस्तुत गरेको छ ।

No description available.

यो इलेक्ट्रिक स्पोर्ट्स युटिलिटी वाहनकाे उत्पादन २०२४ मा शुरू हुनसक्ने बताइएको छ । यो कारको अवधारणा आफैंमा शानदार देखिन्छ । किया ईभी ९ का केही तस्बिरबाटै यसको भव्यताकाे अन्दाज लगाउन सकिन्छ । कियाको यो कारले टेस्लाको इलेक्ट्रिक कारसँग तगडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

किया ईभी ९ काे एक्सटीरियर हेर्दा निकै राम्रो र आधुनिक देखिन्छ । यसक‍ो पछाडिको भाग साधारण तर दमदार लाग्छ । यसको साइड प्रोफायल पनि निकै राम्रो छ भने, अल‍ोय व्हील्स अलग किसिमको छ । यसको क्याबिनले हवाई जहाजकाे ककपिटक‍ो संझना दिलाउँछ ।

यो कारमा सबै तिर एलइडि लाइट प्रयोग गरिएको छ जसले यसको लुकलाई थप शानदार बनाएको छ । यसको एलइडि टेललाइट आफ्नै किसिमको छ जुन गाडीको छतसम्म पुग्छ ।

No description available.

किया ईभी ९ को क्याबिन निकै आधुनिक छ । नयाँ किसिमको स्टेयरिङ व्हील तथा ठुलो आकारकाे टचस्क्रीन सिस्टमले यसलाई थप शानदार बनाएको छ । यो कारको सिटिङ सिस्टम पनि अलग किसिमको छ ।

प्रतिक्रिया