बिहीबार, वैशाख १३, २०८१

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

नेपालखोज २०७८ मंसिर ८ गते १७:२५

काठमाडौं । स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । स्विडेनको संसदले माग्डालेना अन्डेर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनि स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन् । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए ।

लोफभेनको भन्दा धेरै मत माग्डालेनाको विपक्षमा परेपछि नयाँ उनि प्रधानमन्त्री निर्वाचित भएकी हुन् । नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया