सोमबार, वैशाख १५, २०८२

‘प्रचण्ड कांग्रेस बिगार्न पछि लागे, होसियार हौं !’

नेपालखोज २०७८ मंसिर ८ गते १८:४६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गरे ।

बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले काँग्रेसलाई बिगार्न समातेको दाबी समेत गरे । उनले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको समेत बताए ।

अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्द भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे । उनले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्था पु¥याउने प्रयास भईरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साईबर सर्कललाई आग्रह गरे ।

उनले राष्ट्र, राष्ट्रियता, मुलुकको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे । अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भईरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए ।

प्रतिक्रिया