आईपीयूको १४३औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेन प्रस्थान
नेपालखोज
२०७८ मंसिर ९ गते ७:५१

काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् ।
सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो ।
सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया