मंगलबार, वैशाख ११, २०८१

चलचित्र प्रेम गीत ३ ले ताेक्याे आफ्नो प्रदर्शन मिति

नेपालखोज २०७८ मंसिर ९ गते १२:४९

काठमाडाैं । चलचित्र प्रेम गीत ३ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । चलचित्र फागुन १३ गते प्रदर्शनमा आउने भएको हाे ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा रहेका छन् । भारतीय चलचित्र बजारका लागि हिन्दी भाषामा पनि डबिङ गरिएको चलचित्रको नाम ‘संघारक’ राखिएको छ ।

चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले अभिनेता प्रदिप खड्का र कार्यकारी निर्माता चक्र बहादुर चन्द यतीखेर मुम्बईमा बसेर आफ्नो रिलिज प्रकृयालाई समेत तिब्रता दिइरहेका जनाइएकाे छ । प्रेमगित ३ चलचित्रलाई वलिउडका चर्चित सम्पादक सञ्जय शाक्लाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया