शनिबार, वैशाख ८, २०८१

‘सरकारले तोकेको ठाउँमा नै उद्योग संचालन गर्नु उपयुक्त’

नेपालखोज २०७८ मंसिर ९ गते १४:२६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगीहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताएका छन् । आज उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको परिसंवाद कार्यक्रममा बोल्दै उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताए ।

उनले उद्योग स्थापनाका लागि जग्गा प्राप्ति अति महंगो र जग्गा पाउनै मुस्किल भएकाले सरकारले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक ग्रामको नीति ल्याएको बताए । सचिव पोखरेले यहि नीतिअनुसार उद्योगीहरुले उद्योग स्थापनाको लागि जग्गा खोज्नु नपर्ने तर उद्योगीले सरकारले तोकेको स्थानमा उद्योग खोल्नुपर्ने बताए ।

उद्योग सचिव पोखरेलले राज्यलाई व्यवसायीहरुले उद्योगले राज्यलाई तिर्नु पर्ने कर छुट घटाउन भन्न नहुने बताए । उनले राज्यले करबाट नै सञ्चालन हुने भएकाले राज्यको लागि कर अनिर्वाय भएका बताए । उद्योग सचिव पोखरेलले देशको औद्योगिक क्षेत्रको विकास र त्यससँग सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसँग सहकार्य गर्ने र विगतमा पनि गरिरहेको बताए । उनले नेपालमा औधोगिक विकास गर्नको लागि सरकार र निजी क्षेत्र सबै क्षेत्रमा हातेमालो गरेर जानु पर्ने अहिलको आवश्यकता भएको बताए ।

प्रतिक्रिया