शनिबार, फागुन १९, २०८०

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

नेपालखोज २०७८ मंसिर १० गते ६:०३

काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्मानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ

आज राती देशका पहाडी भू-भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना जल तथा माैसम पूर्मानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया