बिहीबार, वैशाख १३, २०८१

शाहको नेतृत्वमा अटो पत्रकार संघ घोषणा, नाडाले गर्‍यो स्वागत

नेपालखोज २०७८ मंसिर १० गते १३:३७

काठमाडौं । अटो पत्रकार संघ (जाम) को घोषणा भएको छ । पत्रकार एवं सञ्चार व्यवसायी उज्ज्वलजंग शाहको नेतृत्वमा बिहीबार राजधानीमा ११ सदस्यीय ‘जर्नालिस्ट एसोसिएसन फर अटोमोबाइल एन्ड मोबिलिटी (जाम) को घोषणा भएको हो ।

जामको उपाध्यक्षमा सुरेन्द्र पौडेल चयन भएका छन् भने, महासचिवमा सागर गजुरेल, सचिवमा तोयानाथ पौडेल र कोषाध्यक्षमा रोशनकुमार श्रेष्ठ चयन भए । संघको अन्य केन्द्रीय सदस्यमा प्रयास श्रेष्ठ, सौरभ नेपाल, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल, युवराज बस्नेत, उज्ज्वल घिमिरे चयन भएका छन् । नवगठित जामका सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

सोही दिन नवगठित जामका पदाधिकारीहरुलाई नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले स्वागत गरेको छ । होटेल सोल्टीमा आयोजित कार्यक्रममा जामका नवनियुक्त पदाधिकारीहरुलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले खादा लगाएर सम्मान गर्दै स्वागत गरेका हुन् ।

कार्यक्रममा नाडाका अध्यक्ष दुलालले बृहतर अटोमोबाइल क्षेत्रको अहिलेको आवश्यकता अटोमोबाइल व्यवसायी, सरकार र उपभोक्ताका बीचमा रहेर सेतुको काम गर्ने असल पत्रकारको खाँचो रहेको र त्यो अभाव अब जामले पुरा गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया