आईसीसी महिला टी-२० : नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ६ विकेटले हरायाे
नेपालखोज
२०७८ मंसिर १० गते १४:३५

काठमाडाैं । आईसीसी महिला टी-२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ६ विकेटले हराएको छ ।
आज शुक्रबार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा चार विकेट गुमाएर भेटाएकाे थियाे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रन बनाएकाे थियाे । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया