मंगलबार, वैशाख ११, २०८१

जहाँ संलग्नता हुन्छ, त्यहाँ जोश र उत्साह हुन्छ

नेपालखोज २०७८ मंसिर १२ गते ९:४७

-जबसम्म तपाईं त्यो निश्चलतालाई जान्नुहुन्न, जुन तपाईं अनि पूरै ब्रह्माण्डको मूल हो, तब अज्ञानता नै एकमात्र सम्भावना हुन्छ ।
-सौन्दर्य तपाईंको अनुहारको रूप-रेखासँग सम्बन्धित हुँदैन । तपाईंमा जे झल्किन्छ, त्यसैबाट सुन्दरता तय हुन्छ ।
-हामीले अगाडिको हेर्नुपर्छ अनि यस्तो राष्ट्र निर्माण गर्नेबारे सोच्नुपर्छ, जसमाथि हामीले गौरव गर्न सकौँ- यस्तो राष्ट्र जसले त्यहाँ रहने हरेक मानिसको निम्ति काम गरोस् ।
-व्यक्तिको भित्री प्रतिभा विकास गर्नु योग संस्कृतिको विशेषता रहेको छ । प्राचीन कथाहरूमा यस्ता मानिसहरू निर्माण गर्नेबारे भनिएको छ, जोप्रति देवताहरूले समेत ईर्ष्या गर्थे ।
-प्रेम यस्तो शक्ति हो, जसले मुक्त गर्छ । आशक्ति यस्तो प्रक्रिया हो, जसले बन्धनमा पार्छ ।
-तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, बस्नुहुन्छ, उठ्नुहुन्छ, खानुहुन्छ, हिँड्नुहुन्छ, काम गर्नुहुन्छ- सबैथोक योग बन्न सक्छ । जीवनको जुनसुकै प्रक्रिया प्रयोग गरेर तपाईं आफ्ना सीमाहरूभन्दा पर जान सक्नुहुन्छ ।
-तपाईंलाई अन्धकारमा धकेल्न सक्ने संकटपूर्ण समयमा आनन्द, प्रेम र जागरुकताले प्रज्ज्वलित हुनु निकै आवश्यक छ । यस दीपावलीमा, आफ्नो मानवतालाई यसको पूर्ण स्वरूपमा प्रज्ज्वलित गर्नुहोस् ।
-जहाँ संलग्नता हुन्छ, त्यहाँ जोश र उत्साह हुन्छ ।
-कोही पनि चाहेकै भरमा कहीँकतै पुग्दैनन् । मानिसहरू यसकारण कहीँ पुग्छन्, किनकि उनीहरूले आवश्यक क्षमता आर्जन गरेका हुन्छन् ।
-मानिसको महत्त्वबारे हाम्रो जुन सोच छ, त्यो बदलिनुपर्छ । यस धरतीमा हामी जीवनको अर्को एउटा रूप मात्र हौँ ।

प्रतिक्रिया