शुक्रबार, फागुन ११, २०८०

एमालेमा जनवाद सकिएर ओलीको डनवाद सुरु : नेता थापा (भिडियोसहित)

नेपालखोज २०७८ मंसिर १२ गते १४:१३

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली सेसन चलिरहेको बताएका छन् । आईतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका हुन् ।

उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भिम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरु भएको आरोप लगाए ।

नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरु हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुनसेन जस्तो लागेको भन्दै ओली आदर्शपुरुष हुनसेन रहेको आरोप लगाए । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनु परेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भिम रावलको जसरी लेखिटिने बताए ।

नेता थापाले चितवन महाधिवेशन पछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए । उनले १०औँ महाधिवेशन पछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए । नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए ।

प्रतिक्रिया