बिहीबार, वैशाख १३, २०८१

एकैदिन ८० अंकले घट्यो नेप्से, सबै सूचक राताम्मे

नेपालखोज २०७८ मंसिर १२ गते १५:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रस्तुत गर्‍यो । उक्त समीक्षामार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको चारदेखि १२ करोडको सीमा हटाएन । यसको प्रभाव भने साताको पहिलो कारोबार दिन आज नेप्सेमा देखिएको छ ।

नेप्से आज एकैदिन ८० दशमलव २९ अंकले घटेर २६ सय ५१ दशमलव ४९ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेर पाँच सय एक दशमलव ४५ अंकले घटेको छ । दुई सय ३४ वटा कम्पनीको ७० हजार आठ सय ४२ पटकको कारोबारमा करोड १९ लाख तीन हजार दुई सय दुई कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा आज सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३४ दशमलव ९७ अंकले घटेर १७ सय ७८ दशमलव ८२ अंकमा पुुगेको छ भने निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ८५ दशमलव ९४ अंकले घटेर ११ हजार सात सय ४२ दशमलव ४८ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि पाँच सय ३८ दशमलव तीन अंकले घटेर १४ हजार एक सय ५८ दशमलव ९१ अंकमा झरेको छ । यीबाहेक विकास बैंक, जलविद्युत् फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ७८ प्रतिशतले बढेर नौ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन पावर पार्टनर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने आठ दशमलव ४९ प्रतिशतले घटेर चार सय ४३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता ६ सय ५२ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ८१ लाख ९१ हजार एक सय ६१ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया