शुक्रबार, फागुन ११, २०८०

कास्की कांग्रेसको उपसभापतिमा कुवर र भण्डारी

नेपालखोज २०७८ मंसिर १३ गते ८:४५

कास्की । नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७२१ र भण्डारीले ६८५ मत प्राप्त गरेका थिए ।

त्यस्तै दुई सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी बनेका छन् । नौजनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६८३ र ६८० मत प्राप्त गरेका छन् । निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शङ्कर ढुंगाना विजयी बनेका छन् । पोखरा महानगरपालिकाबाट खुल्ला सदस्यमा डा. दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने (युवराज) र विश्वशङ्कर पालिखे विजयी बनेका छन् ।

त्यस्तै रुपा गाउँपालिकाबाट खुल्ला सदस्यमा खेमबहादुर गुरुङ र महिलामा दक्षिणा सुवेदी, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा खुल्ला सदस्यमा क्रमशः ऋषिराम सुवेदी र सुदीप गौतम विजयी बनेका छन् । समानुपातिक खस आर्यतर्फबाट खुल्ला सदस्यमा रामजीप्रसाद कोइराला र गणेश बस्नेत, समानुपातिक आदिवासी जनजाति तर्फबाट खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल, समानुपातिक (मधेशी वा थारु वा मुस्लिम) सदस्यमा कसीरन मिया विजयी बनेका छन् ।

प्रदेश अधिवेशन प्रतिनिधि अपांगताबाट भीमप्रसाद पौडेल विजयी बन्नुभएको छ । सभापति पदमा आइतबार नै किशोरदत्त बराल निर्वाचित भइसकेका छन् । रासस

प्रतिक्रिया