शुक्रबार, वैशाख १४, २०८१

सुनकाे मूल्य सामान्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ मंसिर १३ गते ११:०७

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुन १ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ । आज चाँदी १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया