शुक्रबार, वैशाख १४, २०८१

पर्यटकीय क्षेत्रको विकास गर्ने मन्त्री आलेको प्रतिबद्धता

नेपालखोज २०७८ मंसिर १३ गते ११:४४

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले डोटीमा आज बिहान आयोजना गरेको एक कार्यक्रममा उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने जनाए ।

मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय संघीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामहरू नियमसंगत तरीकाले भए\नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नुपर्नेसमेत जनाए ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसुस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको प्रष्ट पारिन् । उनले भयिनन्, ‘गाउँमा बस्ने विपन्न वर्गका नागरिकले महसुस गर्ने गरी हामीले विकास गर्न थालेका छौँ, नागरिकले सोचेअनुसारको विकास हुने छ ।’

प्रतिक्रिया