शुक्रबार, वैशाख ७, २०८१

अर्बपति व्यवसायीको चर्तिकला

नेपालखोज २०७८ मंसिर १३ गते २०:१३

काठमाडौं । अमेरिकाका एक अर्बपति व्यवसायी माइकल गोगुएनमाथि पाँच हजार महिलाक‍ो एक स्प्रिडसिट बनाएर राखेको तथा उनीहरुसँग अवैध सम्बन्ध रहेको आरोप लागेको छ । अर्बपति गोगुएनविरुद्ध उनकै पूर्वकर्मचारीहरुले मुद्दा दायर गरेका छन् । गोगुएन भेन्चर इन्भेस्टमेन्ट फर्म सिकोइया क्यापिटलको पार्टनर रहिसकेका छन् भने अहिले उनी आफ्नै फार्म चलाउँछन् ।

यसअघि माइकल गोगुएनमाथि यौनशोषणको आरोपसमेत लागेको थियो । गोगुएन विवाहित तथा दुई सन्तानका पिता हुन् । उनको उमेर ५७ वर्ष भएको बताइएको छ ।

माइकल गोगुएनविरुद्ध उनका चार पूर्वकर्मचारीले उजुरी दर्ता गराएका हुन् । उनीहरुका अनुसार गोगुएनले आफ्नो ‘हरम’ को रेखदेखका लागि उनीहरुसँग मद्दत मागेका थिए । ‘हरम’ त्यस्तो ठाउँलाई भनिन्छ जहाँ एक वा एकभन्दा बढी महिला वा श्रीमतीहरुलाई राखिन्छ ।

डेलिस्टारको रिपोर्टअनुसार, पूर्वकर्मचारीहरुले १३५ पानाको मुद्दामा गोगुएन कैंयन् आलिसान र गुप्त घरहरुको मालिक भएको कुरा बताएका छन् । उनीमाथि आरोप छ- उनले युवतीहरुसँग सम्बन्ध राख्न तिनै घर प्रयोग गर्थे । उनका पूर्वकर्मचारीहरुका अनुसार उनको बारको बेसमेन्टमा एउटा ‘बुम बुम’ कोठा पनि छ जसमा एउटा स्ट्रिपर पोल राखिएको छ । यस्तो कोठा अमेरिकी राज्य मोन्टानाको वाइटफिसस्थित गोगुएनको घरमा छ जहाँ उनि अहिले बसोबास गर्छन् ।

मुद्दाको मिसिलमा म्याथ्यु मार्सल नामक एक पूर्वकर्मचारीले गरेको दाबीअनुसार गोगुएनले उनीसँग आफ्ना साथी ब्रायन नेशको हत्या गर्न भनेका थिए किनभने नेश उनका सबै कर्तुतको जानकार थिए । २०१६ मा गोगुएनकी पूर्वगर्लफ्रेन्ड एम्बर ब्याप्टिस्टले उनीमाथि ‘लगातार यौन शोषण’ को आरोप लगाएकी थिइन् ।

गोगुएनको अमिनटोर ग्रुप एलएलसीका पूर्वकर्मचारीहरुले पनि उनका विरुद्ध मुद्दा दायर गरेका थिए । उनीमाथि आरोप थियो उनले आफ्ना कर्मचारीहरुसँग आफ्नो अफेयर्स लुकाइदिन मद्दत मागेका थिए ताकि ती कुरा उनका विरोधीहरुसम्म नपुगुन् । यसक्रममा एक महिलाले प्रहरीलाई के बताएकी छन् भने- उनका मालिक गोगुएनले उनलाई १२ सय डलर दिनुअघि कोकिन र मदिरा खुवाए अनि त्यसपछि उनको यौन उत्पीडनको खेल सुरु भयो ।

प्रतिक्रिया