बुधबार, वैशाख १२, २०८१

एमाले महाधिवेशन : अहिले ९ बजेदेखि मतदान हुने

नेपालखोज २०७८ मंसिर १३ गते १९:५४

काठमाडाैं । चितवनमा भइरहेकाे दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि अहिले ९ बजेदेखि मतदान हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म गरिने भएको हो । 

त्यस्तै मतदान सम्पन्न भएपछि १४ गते नै मतगणना गरिने, त्यही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम गर्ने निर्वाचन आयोगले निकालेकाे सूचनामा उल्लेख गरिएको छ । 

महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक चरणको उम्मेदवारको सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको हो । तस्बिर रासस

प्रतिक्रिया