बिहीबार, वैशाख १३, २०८१

यो कस्तो विकास ? ४२ प्रतिशत मानिसलाई पोषक आहार जुटाउनै सकिँदैन !

नेपालखोज २०७८ मंसिर १४ गते १२:२८

काठमाडौं । एकातिर संसारमा विकासका ठूला-ठूला कुरा हुन्छन् भने अर्कातिर हेर्ने हो भने संसारमा अहिले पनि करिब ४२ प्रतिशत मानिस पौष्टिक आहार किनेर खान असमर्थ छन् । यसको अर्थ हो, ३ सय करोडभन्दा बढी मानिस आफू र आफ्नो परिवारका लागि त्यस्तो भोजन जुटाउन सक्दैनन् जसले उनिहरुलाई पर्याप्त पोषण दिन सकोस् ।

खाद्य एवं कृषि संगठन (डब्ल्यूएफएओ) को अनुमानअनुसार कुनै विपत्ति वा आर्थिक संकट आइलाग्यो र मानिसहरुको आम्दानी एकतिहाइले घट्यो भने थप एक सय करोड मानिस पोषक आहार किन्न असमर्थ हुनेछन् । त्यसका अतिरिक्त परिवाहन व्यवस्थामा व्यवधान आय‍ो यो भने करिब ८४.५ करोड मानिसले पहिलेको तुलनामा तुलनामा आहारमा बढी रकम चुकाउनुपर्नेछ । यो जानकारी खाद्य एवं कृषि संगठन (डब्ल्यूएफएओ) द्वारा जारी रिपोर्ट ‘द स्टेट अफ फुड एन्ड एग्रिकल्चर -२०२१’ मा उल्लेख छ ।

No description available.
तस्बिर : रोयटर्स

उक्त रिपोर्टअनुसार जलवायु परिवर्तन, महामारी, कृषि तथा अर्थव्यवस्थामा देखापरेको संकट खाद्य व्यवस्थाका लागि एउटा ठूलो खतरा हो, जसबाट जोगिन तयार रहनुपर्ने आवश्यकता छ । यो कुरा हालको कोरोना महामारीले पनि साबित गरिसकेको छ । यसरी अकस्मात सिर्जना हुने समस्या संसारक‍ो खाद्य सुरक्षाका लागि ठूलो खतरा हो । यिनै कारणले संसारमा अहिले भोकमरीको समस्या तुलनात्मक रुपमा कैंयन् गुणा बढेको छ ।

डब्ल्यूएफएओद्वारा जारी तथ्यांकअनुसार २०२० मा करिब ७६.८ करोड मानिस भोकमरीको सिकार भएका थिए । जुन संसारको जनसंख्याको करिब १० प्रतिशत हो । २०१९ सँग तुलना गरेर हेर्दा २०२० मा ११.८ करोड थप मानिस भोकमरीको सिकार भएका छन्। २०१५ को तुलनामा य‍ो तथ्यांकमा १५.३ करोड वृद्धि देखिएको छ ।

२०३० सम्ममा संसारबाट भोकमरी र कुपोषण हटाउने लक्ष्य हासिल हुने सम्भावना कोरोना महामारी पहिले पनि थिएन । कोरोना महामारीले यो समस्यालाई थप विकराल बनाएको छ । कोरोना महामारी मात्र होइन् जलवायु परिवर्तन, युद्ध तथा अन्तर्राष्ट्रिय रुपमा खाद्य सामग्रीमा भइरहेको मूल्यवृद्धि आफैमा अर्को ठूलो समस्या भएको छ । अहिले खाद्य उत्पादन तथा आपूर्ति शृंखला पनि प्रभावित भएको छ ।

कृषिमा आधारित जीविका
संसारमा हरेक वर्ष औसतरुपमा ११ सय करोड टन खाद्य सामग्री उत्पादन हुन्छ । त्यसका अतिरिक्त कृषिबाट ३.२ करोड टन नेचुरल फाइबर ४ सय करोड क्युबिक मिटर काठ आदि पनि उत्पादन हुन्छ । २०१८ को कृषि उत्पादनको कुल आर्थिक मूल्य करिब ४२५ लाख करोड रुपैयाँबराबर थिय‍ो ।

संसारका करोडोैं मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छन्। यसले एक्लैले संसारका २५ प्रतिशतभन्दा बढी मानिसलाई रोजगारी दिएको छ । उप-सहारा अफ्रिकाको ५० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ, भने कमजोर देशका करिब ६० प्रतिशत मानिस कृषिबाटै गुजारा चलाउँछन्।

No description available.

खाद्य व्यवस्थासँग जोडिएका गतिविधि जस्तो खाद्य भण्डारणदेखि लिएर कृषि उत्पादनक‍ो परिवहन, खुद्रा बिक्री तथा खपत, कृषिमा आधारित उद्योगधन्दा कैंयन् देशको अर्थव्यवस्थाको मेरुदण्ड हो । युरोपियन युनियनका देशमा पनि खाद्य तथा पेय उद्योगले अन्य निर्माण क्षेत्रभन्दा बढी मानिसलाई रोजगारी दिएको छ ।

डब्ल्यूएफएओको रिपोर्टअनुसार खाद्य संकटको सम्भावित खतराबाट जोगिन उचित तयारी गरिएन भने संसारको कृषि तथा खाद्य व्यवस्था दिन प्रतिदिन कमजोर हुँदै जानेछ र यसले विकराल मानविय समस्या सिर्जना गर्न सक्छ ।

प्रतिक्रिया