मंगलबार, वैशाख ११, २०८१

ओमिक्रोन भेरियन्ट, हल्लै बढी !

नेपालखोज २०७८ मंसिर १४ गते ८:०७

काठमाडाैं । अहिलेसम्म डब्लुएचओसहित अरु आधिकारिक निकायले ‘ओमीक्रोन’ का सम्बन्धमा स्‍पष्‍टताका साथ कुनै जानकारी सार्वजनिक गरेका छैनन । धेरैजसो विज्ञहरुले ‘ओमिक्रोन’ कति खतरनाक छ, यसले खाेपलाई हराउन सक्छ कि सक्दैन, के यसमा डेल्‍टाको भन्दा बढी बिमारी हुनेछन् जस्ता कुरा गरिरहेका छन् । उनीहरुले यो भेरियन्टका बारेमा वृस्तित जानकारीका लागि थप अध्ययन-अनुसन्धानको आवश्यकता भएको कुरा पनि बताएका छन् ।

– भारतको नेशनल इंस्टिट्यूट अफ बायोमेडिकल जिनोमिक्‍सका निर्देशक डा. सौमित्र दास भन्छन्, आत्तिनुपर्ने कुरा छैन । कोरोना भाइरसको म्‍यूटेशन नयाँ र आश्चर्यको कुरा होइन । यो भेरियन्ट एक प्रोटिनमा करिब 30 म्‍यूटेशन हुने कुरा चाहिँ निकै अचम्म्लाग्दो छ । त्यसले गर्दा सम्भवत यो बढी संक्रामक होला वा कुनै अरु तरिकाले यसले असर गर्ला । यद्यपि हामीलाई अहिले त्यसका बारेमा कुनै ठोस जानकारी छैन । म यतिमात्र भन्छु ‘डराउने वा आत्तिने कुरा छैन । यसले चिन्ता त थपेको छ, त्यसका लागि बढी सावधानी र सुरक्षा उपायको अवलम्बन गर्नुपर्नेछ ।’

-बेलायति सरकारका स्वास्थ्य सम्बन्धि आपतकालीन स्थितिका वैज्ञानिक सल्लाहकार तथा माइक्रोबायोलोजिस्‍ट प्रोफेसर क्यालम सेम्पल भन्छन् ‘ओमीक्रोन कुनै ठूलो विपत्ति होइन । य‍ो कुनै नाैलो कुरा पनि होइन । मेरा केहि सहयोगिहरु यसलाई भयानक बताएर चर्चा र हेडलाइनमा आउन चाहन्छन् । त्यसैले स्थितिलाई धेरै नै बढाइ- चढाइ प्रस्तुत गरिएको छ ।

-वारविक यूनिभर्सिटीका वाइर‍ल‍जिस्‍ट लोरेन्स यंङ ले ‘ओमिक्रोन’लाई कोभिड-१९ काे अहिलेसम्मको सबैभन्दा अधिक परिवर्तित स्वरूप बताएका छन् । यसमा भाइरसको चिन्ताजनक रुप परिवर्तन शामेल छ जुन पहिले एउटै भाइरसमा कहिल्यै देखिएको थिएन ।

-प्रारम्भिक अनुसन्धानमा के संकेत प्राप्त भएको छ भने यो भेरियन्टमा कोरोनाविरुद्धको खाेप ४० प्रतिशत कम प्रभावकारी हुन्छ ।

-साउथ अफ्रीकाका चिकित्सकहरुका अनुसार, अहिलेसम्म यसका संक्रमितहरुमा देखिएका लक्षण हल्का खालका छन् ।

-अक्सफ‍ोर्ड खाेप ग्रुपका निर्देशक प्रोफेसर एंड्रयू पोलार्डले नयाँ भेरियन्टमा खाेपले काम गर्दैन भन्नू धेरै हतारको कुरा हुने दाबी गरेका छन् । पोलार्ड भन्छन्, यो कुरा तीन साताभन्दा पहिले पत्ता लाग्दैन ।

– बेलायति सरकारका खोप सम्बन्धि वरिष्ठ सलाहकार सर ज‍न बेल भन्छन्, कोरोनाविरुद्धको खोप लगाइसकेका मानिसमा भाइरसको यो नयाँ स्वरूपकाे असर ‘नाक बग्ने र टाउको दुख्नेभन्दा बढी हुन सक्दैन ।

– अक्सफोर्ड विश्वविद्यालयको मेडिसिन विभागका प्रोफेसर ज‍ोनका अनुसार नयाँ भेरियन्ट एन्टिबडीबाट बचे पनि टी-कोशिका तथा प्रतिरक्षा प्रणालीका अन्य कुराहरुबाट बच्ने सम्भावना कम छ । कोरोनाकाे नयाँ भेरियन्ट ओमिक्रोन संसारका १५ भन्दा बढि देशमा पुगिसकेको छ । नेपालमा हाल सम्म यो भेरियन्ट फेला परेको छैन भने छिमेकि मुलुक भारतमा अफ्रिकाबाट आएका ब्यक्तिमा कोरोना फेला परे पनि त्यो ओमिक्रोन हो/ होइन पुस्टि हुन सकेक‍ो छैन । ओमिक्रोन स्ट्रेन डेल्टा स्ट्रेन भन्दा सात गुणा तिब्र गतिमा फैलिरहेको बताइन्छ ।

ओमिक्रोनले संसारको चिन्ता भने बढाएको छ । एस्ट्राेजेनेका, म‍‍डर्ना, नोवाभ्याक्स , फाइजर सहित सबै औषधि निर्माता कम्पनीहरु ओमिक्रोनसँग भिडन सक्ने ख‍ोपको बिकाशमा जुटिसकेका छन् । उनीहरुले आफ्नो खोपलाइ ओमिक्रोनलाई परास्त गर्न सक्ने गरि परिवर्तित वा परिमार्जित गर्ने कुरा बताइएको छ । यस्तो नयाँ खोप सय दिन भित्र तयार हुने अपेक्षा छ । अहिले अनेकौं देशका वैज्ञानिकहरु कोभिडक‍ो यो नयाँ भेरियन्टको जीनोम मेकअप, यसक‍ो म्यूटेशन तथा अरु स्ट्रेन को तुलनामा यसको घातकता बुझने क्रममा छन । अध्ययन -अनुसन्धान जारी छ ।

रिकभरी तर्फ अघि बढिरहेको विश्व अर्थव्यवस्थालाई यो हल्ला र आतंक ले नोक्सान पुर्याइरहेकोछ । विश्वको सेयर बजार ओरालो लागेको छ भने यसले बजारमा फेरि भय तथा संशय सृजना गरेको छ । संसारभरक‍ो बजार अहिले य‍ो नयाँ भेरियन्टका सम्बन्धमा थप जानकारीकाे पर्खाइमा छ ।

कुन-कुन देश पुग्यो ओमिक्र‍ोन ?

दक्षिण अफ्रीका : कोरोना संक्रमित १,१०० बिमारीमध्ये ९० प्रतिशतमा ओमिक्र‍ोन ।

बोत्सवाना : नयाँ भेरियन्ट ओमिक्र‍ोनका कम से कम १९ संक्रमित ।

युके : दक्षिण अफ्रीकाबाट आएका तीन यात्रिमा ओमिक्र‍ोन पुष्टि ।

जर्मनी : दक्षिण अफ्रीकाबाट म्यूनिख पुगेका दुई यात्रीमा ओमिक्र‍ोनको संक्रमण । नेदरल्यान्ड : दक्षिण अफ्रीकाबाट आएका १३ यात्रिमा ओमिक्र‍ोनको संक्रमण पुष्टि ।

डेनमार्क : दक्षिण अफ्रीकाबाट आएका दुई जना संक्रमित ।

बेल्जियम : नयाँ भेरियन्टका एक संक्रमित ।

इज़राइल : २७ नोमेम्बर मा एउटा केसक‍ो पुष्टि थप एक संदिग्ध ।

इटली : एक ब्यक्ति संक्रमित , जो पुरै देश घुमिरहेका थिए ।

चेक रिपब्लिक : एक जना संक्रमित ।

हङकङ : क्वारेन्टाइन होटलमा दुई जना ।

अस्ट्रेलिया : न्यु साउथ वेल्समा दुईजना जो दक्षिण अफ्रीकाबाट फर्किएका थिए ।

क्यानाडा : नाइजेरियाको यात्राबाट फर्किएका दुईजना । कोरोना भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रीकामा देखापरेको तथा यसको बढ्दो प्रसार र जोखिमलाई मध्यनजर गर्दै अनेकौं देशले तत्कालका लागि दक्षिण अफ्रीकाको यात्रा माथि प्रतिबन्ध लगाएका छन् भने यहि मुद्दामा दक्षिण अफ्रीकाले असन्तुष्टि व्यक्त गरेकोछ ।

दक्षिण अफ्रीकाले कोरोना भाइरसको यो नयाँ रूप चाडैं पत्ता लगाएर संसारलाई सचेत तुल्याएकोमा आफूलाई उल्टै ‘दन्डित’ गर्न थालिएको कुरा बताएको छ । थप दक्षिण अफ्रीकाले भनेको छ, कोरोनाको उन्नत जिनोमिक अनुक्रमण र यसको नयाँ रूप चाडैं पत्ता लगाएकोमा हाम्रो उत्कृष्ट विज्ञानको प्रशन्सा गरिनु पर्ने हो दन्डित होइन । यता अमेरिकी विदेश मन्त्रालयले विदेशमन्त्री ब्लिन्कन को हवाला दिदैं ओमिक्रोन भेरियन्ट पहिचानका लागि दक्षिण अफ्रीकाका वैज्ञानीकहरु तथा यसको जानकारी सार्वजनिक गरेर पारदर्शिता अपनाएकोमा दक्षिण अफ्रीकि सरकारको प्रशंसा गरेको छ । अमेरिकाले यसलाई संसारलाई सचेत तुल्याउने उदाहरणीय नमुना काम पनि भनेको छ ।

यद्यपि अहिले दक्षिण अफ्रीकासँगै उसका छिमेकी देश बोत्सवाना, नामिबिया, मोजाम्बिक, जिम्बाब्वे, लेसोथो, इस्वातिनी, मलावी, जाम्बिया तथा अंगोलाले यात्रा प्रतिबन्धकाे सामना गर्न थालेका छन् जसले उनीहरुको अर्थव्यवस्था माथि नराम्रो प्रभाव पारेको छ । दक्षिण अफ्रीका पत्ता लगाइएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो तस्बिरले यसमा अन्य भेरियन्टक‍ो तुलनामा बढी म्यूटेशन्स भएको देखाएको बताइएको छ । इटलीको राजधानी रोम स्थित बम्बिनो गेसु अस्पतालले तस्बिरका आधारमा यो जानकारी दिएको हो । रिसर्च टीमले तस्बिरमा ओमीक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलना अधिक उत्परिवर्तन (म्यूटेशन्स) क्षमता भएको स्पष्ट रूपले देखिएको जानकारी दिएको छ ।

टिमले भनेको छ, ‘यो भाइरस प्रोटीनको एक क्षेत्रमा सबै भन्दा माथि केंद्रित छ जसले मानव कोशिकाहरुसँग अन्तरकृया गर्दछ । शाेधकर्ताहरुले भनेका छन ।’ यद्यपि यसको अर्थ यो होइन कि यि विविधताहरु बढी खतरनाक छन् । खाली के मात्र हो भने भाइरसले एउटा अर्को प्रकार उत्पन्न गरेर आफूलाई मानव प्रजातीसँग अझ बढी अनुकूल बनाएको छ । उनीहरुका अनुसार, ‘यसमा हुने थप अध्ययन – अनुसन्धानले यो कम खतरनाक छ कि बढि भन्ने कुरा बताउनेछ । ‘डब्लुएचओले भनेको छ, ‘प्रारम्भिक प्रमाणले ओमीक्रोन भेरियन्टले एकपटक संक्रमित भैसकेकाहरुलाइ फेरि संक्रमित गर्नसक्ने खतरा बढी भएको देखिएको छ । डब्लुएचओका अनुसार, ‘डेल्टा र अन्य भेरियन्टको तुलनामा ‘ओमीक्रोन’ बढी संचरणीय अर्थात ट्रान्सेबल (एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने ) छ कि छैन भन्ने कुरा अहिले नै स्पष्ट भैसकेको छैन ।

आरटी-पीसीआर टेस्ट बाट यो भेरियन्ट पत्ता लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘डब्ल्यूएचओ यो भेरियन्टमा कोरोना खाेपको प्रभाव बुझने प्राविधिक काम गरिरहेको छ । डब्ल्यूएचओका अनुसार, ‘ओमीक्रोन’ बढी गम्भिर बिमारीकाे कारण बन्छ कि बन्दैन भन्ने कुरा अहिले नै स्पष्ट भैसकेको छ‌न् । यसै गरी ओमिक्रोनको लक्षण अन्य भेरियन्टभन्दा फरक हुन्छ कि उस्तै भन्ने कुरा बताउन पनि केही समय लाग्नेछ ।

ओमीक्रोनलाई बुझन केही समय दिनु पर्नेछ डब्ल्यूएचओ ले भनेको छ, ‘प्रारम्भिक तथ्यांक अनुसार दक्षिण अफ्रीकामा अस्पतालमा भर्ना हुनेहरु बढेका छन् तर यसको गम्भिरताको स्तर बुझन केहि दिनदेखि लिएर कैंयन साता समय लाग्नेछ । ब्रिटेन, क्यानाडा, फ्रान्स , अस्ट्रिया, जर्मनी, इटली तथा नेदरल्यान्डले कैंयन अफ्रीकी देशको यात्रा माथि रोक लगाएका छन् । त्यसका अतिरिक्त अमेरिका, साऊदी अरब, श्रीलंका, ब्राजील, जापान, अस्ट्रेलिया भारत बंगलादेश , सिंगापुर , मलेशिया, जोर्डनसमेत अन्य केहि देशले पनि अफ्रीकी देशमा हुने हवाई उडान स्थगित गरेका छन् ।

यता एक अर्को समाचार अनुसार दक्षिण अफ्रीकामा ओमिक्रोनबाट संक्रमित बिमारीमा डेल्टा स्ट्रेनबाट संक्रमित बिमारीको तुलनामा निकै अलग लक्षण देखा परिरहेको छ । दक्षिण अफ्रीकी मेडिकल एसोसिएशनकी अध्यक्ष एन्जेलिक कोएत्ज़ी का अनुसार, ‘ओमीक्रोन’ स्ट्रेनबाट पीडित बिमारिमा थकान, टाउको तथा शरीरमा पिडा , कहिलेकाहिँ गलामा समस्या वा खाेकि देखा पर्न सक्छ ।

डेल्टाको संक्रमणमा बढि पल्स रेट, लो अक्सिजन लेभल, सुघने तथा स्वादको क्षमता हराउने जस्ता लक्षण देखिन्थे । दक्षिण अफ्रिकाको एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा एन्जेलिक कोएत्ज़ीले भनेकि छन् यो नयाँ भेरियन्ट तत्काल समाप्त हुँदैन तर शरीरमा यसको प्रभाव आशखां गरे विपरित निकै मामुली हुनेछ । मलाई विश्वास छ हामी यसलाई नियन्त्रणमा लिन सक्छौं ।’

प्रतिक्रिया