शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस महाधिवेशन : भक्तपुर सभापतिमा थापा निर्वाचित

नेपालखोज २०७८ मंसिर १४ गते ९:३५

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन् । थापा यसअघि पनि पार्टीको जिल्ला सभापति थिए । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कँवेले ४४२ मत प्राप्त गरे ।

उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् । सचिवमा सुशील बस्नेत र राजेश खड्का विजयी भएका छन् । सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने विजयी भएका छन् ।

प्रतिक्रिया