बिहीबार, वैशाख १३, २०८१

‘ए’ डिभिजन लिगमा दोस्रो चरणका खेलको सारांश

नेपालखोज २०७८ मंसिर १४ गते १५:१३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो चरणका खेल सकिएका छन् । तेस्रो चरणका खेल तालिका पनि सार्वजनिक भइसकेको छ । दोस्रो चरणको खेल सकिदा सम्म पोखरेली टोली मनाङ मस्र्याङ्दी फुटबल क्लबले स्पष्ट जित निकाल्दा हेभि वेटको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दोस्रो चरणकोे खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले उपाधि दाबेदार मानिएको थ्री स्टार क्बलमाथि १–० को जित निकाल्दै सनसनीपूर्ण नतिजा निकाल्दा हेभि वेटको रुपमा हेरिएको मच्छिन्द्र र विभागीय टोली त्रिभुवन आमीले गोल रहित बराबरी खेले ।

दोस्रो चरणको खेलमा पहिलो चरणका खेलमा तथ्याङ्कमा एक गोल औसत रह्यो । सात मध्ये दुई खेल गोल रहित बराबरीमा सकिँदा चार खेलमा १–० को नतिजा निक्लियो भने संकटा र फ्रेन्ड्स क्लबबीचको खेल २–१ सकियो । पहिलो खेलमा जावलाखेल युथ क्लबसँग १–० को जित निकालेको मनाङले दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध पनि १–० को जित निकाल्दै जारी लिगमा स्पष्ट जित निकाल्ने टोली बनेको छ ।

लगातारका खेलमा जित निकालेको मनाङले तालिकामा शीर्षता कायम राख्दा समान ४ अंक जोडेका पाँच क्लब संकटा, ब्रिगेड ब्वाइज, मच्छिन्द्र, नेपाल पुलिस र सातदोबाटो युथ क्लब क्रमस दोस्रो, तेस्रो, चौथो, पाँचौ स्थानमा अटाएका छन् । दुई मध्ये एक खेलमा जित र यसै सिजनको नवप्रवेशीसँग सातादोबाटोसँग स्तब्ध थ्री स्टार तालिकाको छैठौं स्थानमा रहेको छ । अन्य टोलीले औसत प्रदर्शन गर्दा विभागीय टोली एपिएफ र जावलाखेल युथ क्लबले दोस्रो चरणको खेलमा अंकको खाता खोल्न सकेका छैन् ।

पहिलो चरणका खेलमा १६ कुल गोल संख्या हुँदा दोस्रो चरणका खेलमा जम्मा ७ गोल मात्र हुन सके । गोल संख्याको तथ्याङ अनुसार जारी लिगका बलिया क्लबविरुद्ध जुन कुनै क्लबले पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न सक्छन् भन्ने उदाहरण दिएका छन् ।

यस्तै १४ खेल सम्पन्न हुँदा ४५ पहेलो कार्डको प्रयोग हुँदा फ्रेन्ड्सका विदेशी एक खेलाडीले रातो कार्डको दर्शन गरेका छन् । मच्छिन्द्रका अफिसियल्स र हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले पहेलो कार्ड पाउने जारी लिगका पहिलो प्रशिक्षक बनेका छन् ।

प्रतिक्रिया