शुक्रबार, वैशाख ७, २०८१

सिद्धार्थ बैंकका ग्राहकलाई स्पर्स मल्टी स्पेसियालिटी अस्पतालमा २५ प्रतिशतसम्मको छुट

नेपालखोज २०७८ मंसिर १४ गते २३:००

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वीरगञ्जको बहुअरीस्थित स्पर्स मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्स मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका हुुन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले स्पर्स मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी भुक्तानी गरे बापत विभिन्न सेवा शुल्कमा २५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया