शुक्रबार, वैशाख १४, २०८१

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथ ग्रहण

नेपालखोज २०७८ मंसिर १५ गते ६:४६

काठमाडाैं । कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त योजनामन्त्री विष्टलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

विष्टलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार नियुक्त गरेका थिए । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्री विष्टलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ ।

मन्त्री विष्टले आजै पदबहाली गरेका छन् । सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलको सदस्य छन् ।

प्रतिक्रिया