बिहीबार, वैशाख १३, २०८१

‘दशौं महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्न हाम्राे पार्टी सक्षम रहेको सन्देश दिएकाे छ’

नेपालखोज २०७८ मंसिर १५ गते १३:२३

काठमाडाैं । नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् । नेकपा एमालेका नवनिर्वाचित सचिवद्वय योगेशकुमार भट्टराई, पद्ममा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका हुन् ।

मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले मुलुकमा विद्यमान राष्ट्रिय मुद्दालाई राष्ट्र र जनताको हितमा समाधान गर्नेगरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश सो महाधिवेशनले दिएको बताए ।

उनले नेकपा एमालेप्रति जनताको अभूतपूर्व आशा, भरोसा र समर्थन रहेको सन्देश पनि महाधिवेशनले दिएको बताए । एमालेकी अर्का सचिव पद्मामा अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टी मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताइन् ।

उनले त्यसका लागि नयाँ संकल्प र पार्टी भित्रको नयाँ एकताका साथ अघि बढनुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दाबी गरिन् ।

सचिव अर्यालले भने, ‘नेकपा एमाले राष्ट्र र जनताप्रति समर्पित हुँदै नयाँ संकल्पका साथ, नयाँ एकताका साथ जतिपनि समस्याहरु छन् । नेपाली जनताको जतिपनि सपनाहरु छन् । ती सपनालाई विपनामा परिणत गर्नका लागि आजको दिनदेखि उद्घोष ग¥र्यो है भन्ने सन्देश जनतामा पुग्ने गरी सन्देश प्रवाह गर्न यो महाधिवेशन समक्ष भएको छ ।’

नवनिर्वाचित केन्द्रिय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताए । उनले केपी ओलीले अघि सार्नु भएको समृद्ध नेपालः सुःखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारीसमेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दाबी गरे ।

नेता बस्नेतले मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौं जनता सहभागी भएको दाबीसमेत गरे ।

प्रतिक्रिया