मंगलबार, फागुन १५, २०८०

नेकपा क्रान्तिकारी पार्टी गठन : उत्पादनसहितको शसस्त्र जनविद्रोह कार्यदिशा पारित

नेपालखोज २०७८ मंसिर १५ गते २०:११

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिइएको छ ।

नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको भन्दै पुर्णत् असफल भएको नवगठित क्रान्तिकारीले धारणा राखेको छ ।

कार्यक्रममा बोल्दै प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी)को गठन गरेको जानकारी दिए ।

उनले फेरी क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरि क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गरे । शहिदहरुको बलिदान र वर्गसंघर्षको भट्टीबाट पुनःक्रान्तिको झण्डालाई फहराउँदै नयाँ इतिहास रच्ने र सहिदका सपना पुरा गर्ने प्रतिवद्धतासहित पार्टी गठन गरिएको उनको भनाई थियो ।

नेपालमा अझै क्रान्ति बाँकी रहेकोले जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै उत्पादनसहितको ‘शसस्त्र जनविद्रोह’ मार्फत पुनः क्रान्तिकारीहरुकौ एकता र ध्रुवीकरण गर्दै समाजवादी राज्य स्थापना गर्नु पार्टीको कार्ययोजना रहेको समेत केन्द्रीय सदस्य गोपालीले स्पष्ट पारे ।

प्रतिक्रिया