बुधबार, असार १८, २०८२

नाइजेरियामा डुंगा दुर्घटना : अधिकांश बालबालिकासहित २९ जनाको मृत्यु

नेपालखोज २०७८ मंसिर १५ गते २२:५७

काठमाडौं । उत्तर पश्चिमी नाइजेरियामा बालबालिका बोकेको ओभरलोड गरिएको डुंगा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जानकारी गराएका छन् ।

कानो राज्यमा भएको घटना यस वर्ष नाइजेरियामा नदी परिवहन दुर्घटनाहरूको सबैभन्दा पछिल्लो दुःखद् घटना मानिएको छ । उक्त दुर्घटनामा परेको डुंगामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुंगाको सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ ।

गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो । उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेकासात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ ।

कानो राज्यको बदाउ गाउँबाट आठदेखि १५ वर्षका अधिकांश मृतक बालबालिकाहरू धार्मिक समारोहमा सहभागी बन्न नदी पारी अर्को किनारामा रहेको सहर बाग्वईतिर जाँदै थिए ।

प्रतिक्रिया