मंगलबार, वैशाख ११, २०८१

बीएमडब्ल्यूले ल्याउँदै छ तीन नयाँ इलेक्ट्रिक गाडी

नेपालखोज २०७८ मंसिर १७ गते ९:००

काठमाडौं । लक्जरी कार कम्पनी बिएमडब्ल्यूले आगामी ६ महिना भित्र तीन वटा नयाँ इलेक्ट्रिक गाडी लन्च गर्ने भएको छ । जसमध्ये एउटा यही डिसेम्बरमा उपलब्ध हुने भएको छ ।

बिएमडब्ल्यूको उपस्थितिसँगै बजारमा लक्जरी इलेक्ट्रिक गाडीमा तिव्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । यसअघि मर्सिडिज बेन्ज, ओडी, जगुवार आदिले ईभीमा हात हालिसकेका छन् भने टेस्ला त यसको पायोनियर नै मानिन्छ ।

बिएमडब्ल्यूको नयाँ इलेक्ट्रिक गाडी मध्ये इलेक्ट्रिक एसयूवी आई एक्स पनि एक हो । यो गाडीले केवल ६.१ सेकेन्डमा सय किलोमिटरको रफ्तार समात्न सक्छ । यो गाडी सिङ्गल चार्जमा ४२५ किलोमीटरको यात्रा तय गर्न सक्षम भएको बताइएको छ । यो कारमा प्रयोग भएका अधिकतर वस्तु एवं कलपुर्जा नेचुरल मेटेरियल वा रिसाइकिल मेटेरियलबाट तयार गरिएका छन् ।

बिएमडब्ल्यूको अर्को इलेक्ट्रिक गाडी मिनी हो । मिनी इलेक्ट्रिक कार सिङ्गल चार्जमा २७० किलोमिटर गुड्न सक्छ । यो गाडी मार्च २०२२ सम्ममा मार्केटमा आउने सम्भावना छ ।

बिएमडब्ल्यूको इलेक्ट्रिक सेडान आई फोर लक्जरी फिचरले भरिपुर्ण छ । यो गाडी सिङ्गल चार्जमा ४८० किलोमीटरको दूरी तय गर्न सक्षम भएको बताइन्छ ।

प्रतिक्रिया