शुक्रबार, वैशाख १४, २०८१

गरिमा विकास बैंकको ‘गरिमा डिबेन्चर २०८५’ को बिक्री खुल्ला

नेपालखोज २०७८ मंसिर १७ गते १:००

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको वार्षिक ८.७५ प्रतिशत व्याजदरमा ७ वर्षका लागि आज बिहीबारबाट प्रतिकित्ता १ हजार रुपैँया अंकित मूल्यका एक अर्व रुपैयाँ बराबरको १० लाख कित्ता ऋण पत्रको बिक्री खुल्ला भएको छ ।

बैकका अनुसार सो मध्ये ४० करोड रुपैयाँ बराबरको चार लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गरिनेछ, जसमध्ये पाँँच प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ । भने बाँकी ६० करोड रुपैंया बराबरको छ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने बैंकले जनाएको छ । गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस एक गतेसम्म हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रर्वधकको रुपमा एनआईविएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया