बिहीबार, वैशाख ६, २०८१

नेप्से सूचक तथा कारोबार दुवैमा संकुचन, सातामा १९ अर्ब ८ करोडको कारोबार

नेपालखोज २०७८ मंसिर १७ गते ८:१५

काठमाडौं । यो साता नेप्से सूचक तथा कारोबार रकम दुवैमा संकुचन आएको छ । नेप्सेको नियमित काराबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेकोमा यो साता चौथो कार्यदिन नेप्से सामान्य अंकले बढेको थियो भने बाँकी कार्य दिन नेप्से उच्च अंकले घटेको थियो । सोही आधारमा यो साता नेप्से सुचक एवं कारोवार रकम दुवैमा संकुचन आएको छ ।

जसअनुसार नेप्से यो साता दुई हजार पाँच सय ८४ दशमलव ६१ अंकमा पुगेर रोकिंदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ८७ दशमलव २७ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा यो साता दुई सय ३४ वटा कम्पनीहरुको दुई लाख ४९ हजार १४ पटकको कारोबारमा तीन करोड ९८ लाख १९ हजार चार सय १९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार यो साता कुल कारोबार रकम १९ अर्ब आठ करोड ८७ लाख ८९ हजार नौ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो । गत साता भने नेप्सेमा दुई सय ३३ वटा कम्पनीहरुको दुई लाख ६१ हजार सात सय ७३ पटकको कारोबारमा तीन करोड ७८ लाख ४० हजार एक ४६ कित्ता सेयर किनबेच भएका थिए ।

सोही किनबेचका आधारमा उक्त साता २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार एक सय ८४ रुपैयाँको सेयर कारोवार भएको थियो । नेप्से यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन घटेको थियो थियो भने चौथो कार्य दिन सामान्य अंकले मात्र बढेको थियो ।

जसअनुसार पहिलो दिन ८० दशमलव २९ अंकले ओरालो लागेर दुई हजार छ सय ५१ दशमलव ४९ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन पनि ४९ दशमलव चार अंकले घटेर दुई हजार पाँच सय ८४ दसमलव ६१ अंकमा सीमित हुन पुगेको थियो । यसबीचका दिनहरुमा पनि नेप्से लगातार ओरालो लागेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १४ दशमलव १९ अंंकले घटेर पाँच सय एक दशमलव ४५ अंकमा सीमित हुन पुगेकोमा अन्तिम कारोबार दिन पनि नौ दशमलव ४६ अंकले घटेर चार सय ८७ दशमलव २७ अंकमा सीमित हुन पुगेको थियो । यसबीचका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स लगातार ओरालो लागेको थियो ।

यो साता महालक्ष्मी विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, आदि अगाडि परेका छन् बढी सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी, महालक्ष्मी विकास बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

सेयर सूचीकरणतर्फ भने यो साता नबिल बैकको आठ प्रतिशत नबिल डिबेञ्चर २०८५ अन्र्तगतको २२ लाख सात हजार एक सय आठ युनिट सेयर नियमित कारोबारका लागि सूचीकृत भएको छ ।

प्रतिक्रिया