बुधबार, जेठ २, २०८१

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानको उम्मेद्‌वारी, सबैको आफ्नै प्यानल !

नेपालखोज २०७८ मंसिर १८ गते ७:२७

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको सभापतिमा इन्द्र बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधानले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मकवानपुरका बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर हुन् । नुवाकोटका केसी वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह पक्षधर हुन् भने काठमाडौंका प्रधानलाई कृष्णप्रसाद सिटौलाको समर्थन छ । हिजो (शुक्रबार) तीनैजनाले हेटौंडा पुगेर प्यानलसहित आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

बानियाँ प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सह-महामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काको उम्मेद्‌वारी परेको छ । केसीको प्यानलबाट उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कञ्चनचन्द्र बादे, रामचन्द्र अर्याल (बादे), सह-महामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे र वीरबहादुर तामाङको उम्मेद्‌वारी परेको छ । यस्तै प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सह-महामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङको उम्मेद्‌वारी परेको छ ।

कांग्रेस वाग्मती प्रदेशको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सह-महामन्त्री चयन हुनेछन् । प्रदेशस्तरीय कार्यसमिति ९१ सदस्यीय हुन्छ । जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुलातर्फ सदस्य र ३५ जना समावेशीतर्फबाट निर्वाचित हुनेछन् । यसका लागि करिब २१ सयजनाले मतदान गर्ने निर्वाचन समिति संयोजक केशवप्रसाद काफ्लेले जनाएका छन् ।

प्रतिक्रिया