शनिबार, वैशाख १५, २०८१

एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता, विदेशमा गरिने उपचारमा छुट

नेपालखोज २०७८ मंसिर १८ गते १४:३७

काठमाडौ । एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओएन हेल्थ केयरसँग सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ । कार्यक्रममा आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरु आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुन सक्ने बताएका छन् । उनले आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको पनि बताए ।

स्थापनाकाल देखिनै ग्राहकको रोजाइमा परेको यस बैंकमा हालसम्म लगभग १२ लाख सन्तुष्ट ग्राहकहरु छन् । यस बै.कले देशैभरि १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक रुपमा मोबाइल,इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आएको छ ।

प्रतिक्रिया