बिहीबार, वैशाख १३, २०८१

राप्रपाको महामन्त्रीमा नायिका थापा पराजित

नेपालखोज २०७८ मंसिर १९ गते ८:५०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको महामन्त्रीमा उम्मेद्वारी दिएकी नायिका रेखा थापा पराजित भएकी छिन् । 

महिलातर्फको महामन्त्रीमा कुन्ती शाहीसँग प्रतिस्पर्धा गरेकी उनी पराजित भएकी हुन् । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भएकी छन् भने रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती कमल थापाको प्यानलमा थिइन् भने रेखा राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी थिइन् । 

प्रतिक्रिया