बिहीबार, वैशाख १३, २०८१

अध्यक्षमा हारेपछि कमल थापाले भने- आन्तरिक स्पर्धामा निर्मल निवासले हस्तक्षेप गर्‍यो

नेपालखोज २०७८ मंसिर १९ गते १०:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेपको भएको भन्दै भत्सर्ना गरेका छन् । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भन्दै सामाजिक सन्जालमार्फत भत्सर्ना गरेको सार्वजनिक गरेका हुन् । सामाजिक सन्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’

फेसबुक र ट्‌विटरमा थापा लेख्छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

यसैबीच, नेता थापाले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै पराजय स्वीकार गरेको पनि जनाएका छन् । अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दै उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सन्जालमा उनले प्रतिकूल परिस्थितिमा विश्वास र भरोसा गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया