बिहीबार, वैशाख ६, २०८१

नेपालले यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने

नेपालखोज २०७८ मंसिर १९ गते १४:२१

काठमाडौं । नेपालले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ । एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ । नेपाली क्रिकेट संघ (क्यान) ले नेपालले एसिया कपमा सहभागिता जनाउने जानकारी गराएको छ ।

काठमाडौंमा जारी वाई–वाई यू–१९ क्रिकेट प्रतियोगिता एसिया कपकै छनोटका लागि आयोजना भएको हो । क्यानले सकेसम्म आईतबार नै नेपाली टोलीको घोषणा समेत गर्ने क्यानले जनाएकोछ ।

प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नुपर्नेछ । एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

प्रतिक्रिया