शुक्रबार, वैशाख १४, २०८१

मुक्तिनाथ विकास बैंकद्वारा कलेजहरुमा मास्क तथा स्याजिटाइजर वितरण

नेपालखोज २०७८ मंसिर १९ गते १४:३८

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ ।

बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।

यससँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजारको सहयोग गरेको छ । यससाथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले १० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।

यो सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ । । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया