शनिबार, वैशाख ८, २०८१

छोटा पहिरनमा युवतीलाई जाडो हुँदैन ?

नेपालखोज २०७८ मंसिर २० गते ८:०८

लन्डन । हामीले विभिन्न पार्टी तथा नाइट क्लबहरुमा भिषण चिसोका बाबजुद युवतीहरुले सर्ट्स वा छोटा पहिरन लगाएको देखेका छोैं । फेसनको यो युगमा मानिसहरु आफ्नो स्वास्थ्यको भन्दा बढी लुक्सको चिन्ता गर्छन् । यस्तोमा चिसो मौसममा पनि युवतीहरु छोटा पहिरनमै प्रस्तुत भइरहेका हुन्छन् । के उनीहरुलाई ती पहिरनमा चिसो महसुस हुँदैन ? बेलायतका वैज्ञानिकहरुले यही प्रश्नको जवाफ खोज्ने प्रयास गरेका थिए ।

ब्रिटिस अखबार ‘द मिरर’ का अनुसार चिसो मौसममा जो कोही बाक्ला कपडा लगाएर जाडो छल्ने प्रयासमा हुन्छन् । यद्यपि, डिसेम्बरको चिसोमा पनि नाइट आउटमा हिँडेका कतिपय युवती आङ ढाक्ने पहिरन लगाउन रुचाउँदैनन् । त्यसो भए के यो मुटु कमाउने जाडोमा यति कम पहिरन लगाउँदा उनीहरुलाई चिसो लाग्दैन ?

ब्रिटिस जर्नल अफ सोसल साइकोलोजीमा यही विषयमा एउटा स्टडी प्रकाशित भएको छ । उक्त स्टडीमा यो प्रश्नको जवाफ खोजिएको छ । उक्त अध्ययनसँग जोडिएका अथर रोक्सै फेलिंगका अनुसार जब कसैले आफूलाई बाहिरबाट आकर्षक देखाउने कुरामा फोकस गर्छ, तब उसका लागि दैनिक आवश्यकताका कुराहरुले त्यति अर्थ राख्दैन ।

फेलिगले कार्डी बीक‍‍ो एक दाबीको खोज-अनुसन्धान गर्दै यो प्रश्नको समाधान खोज्ने प्रयास गरेकी थिइन्। फेलिगका अनुसार कार्डीले के भनेकी थिइन् भने उनि सधैं आकर्षक देखिने कुरामा फोकस रहन्छिन् । र, यही क्रममा उनले आफूलाई छोटा कपडामा राखिन् । जब कुनै महिलाले अब्जेक्टमा फोकस हुन्छिन् तब उनको हार्ट बिटदेखि लिएर भोक-प्यास सबै कुरा गोैण हुन पुग्छ । यस्तो अवस्थामा उनीहरु आफ्नो आन्तरिक स्थिति बुझने प्रयाससम्म गर्दैनन् ।

रिसर्च टिमले भीषण जाडोका बीच फ्लोरिडास्थित एक क्लबको भ्रमण गरी त्यहाँ भएका महिलाहरुसँग कुराकानी गरेका थिए । उक्त कुराकानीमा अंग प्रदर्शन गरिरहेका महिलाहरुको तस्बिरसमेत खिचिएको थियो । जबकि त्यतिबेला त्यहाँको तापक्रम ४ देखि १० डिग्रीको बीचमा थियो । यो अनुसन्धानबाट के कुरा बुझियो भने, जुन महिलाले सेल्फ अब्जेक्टिफिकेसनमा बढी ध्यान दिएकी छन् उनलाई चिसोको अनुभूति रत्तिभर पनि हुँदैन ।

वैज्ञानिकहरुले के नतिजा निकालेका छन् भने जुन महिलाले आफूलाई अब्जेक्टका रुपमा कम प्रोजेक्ट गरेका छन्, उनीहरुमा आफ्नो स्किन (छाला) सँगको रिलेसनसिप (सम्बन्ध) पनि बढी मजबुत थियो र उनीहरु चिसोको अनुभव पनि गरिरहेका थिए । त्यसका विपरीत जो महिला आफ्नो लुक्स र बाहिर राम्री देखिने कुरामा फोकस थिए, उनीहरु कम कपडामा पनि चिसो अनुभव गरिरहेका थिएनन् ।

प्रतिक्रिया