शनिबार, वैशाख ८, २०८१

कुमारी बैंकको ‘फोनलोन ईएमआई’ सेवा सार्वजनिक

नेपालखोज २०७८ मंसिर २० गते १४:५५

काठमाडौं । कुमारी बैंकले ‘फोनलोन ईएमआई’ सेवा सार्वजनिक गरेको छ । बैंकले फोन लोन प्रदान गर्ने उद्देश्यअनुरुप उक्त सेवा सार्वजनिक गरेको हो ।

आज सोमबार पत्रकार सम्मेलनमार्फत बैंकले ईएमआईमा भुक्तानी गर्न मिल्ने फोन लोन योजना सार्वजनिक गरेको हो । यो सेवापश्चात अब ग्राहकले आफ्नो अनुकूलतामा एक महिना, तीन महिना, ६ महिना, नौ महिना र १२ महिनाको समय राखेर ईएमआईका आधारमा आफूले लिएको ऋण भुक्तान गर्न सक्नेछन् ।

बैंकले अहिलेलाई तलब खाता आफ्नोमा हुनेहरुलाई मात्र ऋण उपलब्ध गराउनेछ । ऋण एक हजारदेखि दुई लाख रुपैयाँसम्म उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । यो सेवापश्चात अब ग्राहकले मोबाइल बैंकिङको प्रयोग गरी कुनै धितो वा कागजी प्रक्रियाविनै फोन लोन सुविधा पाउने सक्नेछन् । बैकका अनुसार यो सेवा एफवान सफ्टसँगको सहकार्यमा सञ्चालनमा ल्याईएको हो ।

प्रतिक्रिया