शनिबार, वैशाख ८, २०८१

मेगा बैंकको नयाँ शाखा परासीमा

नेपालखोज २०७८ मंसिर २० गते १७:३४

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया