बिहीबार, चैत १५, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तालिका र कार्यक्रम स्वीकृत, माघ १२ गते मतदान हुने

नेपालखोज २०७८ मंसिर २१ गते १४:२८

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि मिति २०७८–९–१ गतेदेखि ऐ. १० गतेसम्म दर्ता गर्नुपर्नेगरी मिति तोकेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाे छ ।

निर्वाचन कार्यक्रम अनुसार मिति २०७८–९–१७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया