शुक्रबार, चैत १६, २०८०

युथ एथ्लिट च्याम्पियनशिपको यू–२० ३ हजार मिटर दौडमा प्रकाश र राममाया पहिलो

नेपालखोज २०७८ मंसिर २१ गते १४:५८

काठमाडौं । जुम्लाका प्रकाश कठायत र राममाया बुढाले युथ एथ्लिट च्याम्पियनशिपको यू–२० ३ हजार मिटर दौडमा पहिलो भएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको ट्राक एन्ड फिल्ड पुरुषतर्फको स्पर्धामा प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पुरा गदै पहिलो बन्दा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

पुरुष ३ हजार मिटरमा कपिलवस्तुका अजय पाण्डे दोस्रो र ललितपुरका महेश सिदाली तेस्रो भए । यू–२० ३ हजार मिटर महिला दौडमा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पुरा गदै स्वर्ण जितिन् । जुम्लाकै वमजना बुढाले रजत र सुर्खेतकी विमला कार्की कास्य जितिन् ।

एथलेटिक्स परिवार नेपाले आयोजना गरेको प्रतियोगिताको यू–१६ पुरुष लगजम्पमा ६ मिटर ६८ सेन्टिमिटर फलहान्दै कपिलवस्तुका सुजित थारुले स्वर्ण जिते । कपिलवस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदिप महत्तोले कास्य जितेका छन् । महिलातर्फ ४ मिटर २६ सेन्टिमिटर फलहान्दै दाङकी करुणा रिजाल पहिलो, दाङकै शुसिला चौधरी दोस्रो र नुवाकोटकी धनु राई तेस्रो भईन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको यू–२० पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फलहान्दै बर्दियाका रामलखन थारु पहिलो,नवलपरासीका सलिन देवाङ दोस्रो र बर्दियाका रोशन थारु तेस्रो भएका छन् । महिलातर्फ ५ मिटर ७७ सेन्टिमिटर फलहान्दै बंगलादेशकी सोनिया अफ्तार पहिलो,दाङकी शिमा चौधरी दोस्रो र बर्दियाकी रविना थारु तेस्रो भएकी छन् ।

प्रतिक्रिया