शुक्रबार, चैत १६, २०८०

हुन्डाइले नेपाली बजारमा ल्यायो ‘नयाँ कोना इलेक्ट्रिक’

नेपालखोज २०७८ मंसिर २१ गते २३:००

काठमाडौं । हुन्डाई अटो मोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ ।

कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउने छन् । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएर आएको छ । नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइवायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ ।

एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । अब कोनो इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ । नयाँ कोनामा मल्टी स्टेज हाइ भोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ,जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्नेछ ।

व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनोको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ । कोनामा रहेको ८ इन्चको टचस्कृन युक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राभिङ एक्पिरीयन्सलाई उच्चस्तरीय बनाउँछ ।

नेपाली बजारमा कोनो इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुनेछ । पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ । इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर विस्तार गर्दै आएको छ ।

हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभीकल्चरको नै विकास गर्नका लागि यसै वर्ष भित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष् यलिएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दे आएको छ ।

हुन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोवाइल उत्पादक कम्पनी हो । जसले वार्षिक लाखौंको संख्यामा उत्कृष्ट क्वालीटीका गाडीहरु उत्पादन तथा विक्रीवितरण गर्दै आएको छ ।

प्रतिक्रिया