बिहीबार, चैत १५, २०८०

मस्तकलाले जितिन् ५ लाख !

नेपालखोज २०७८ मंसिर २१ गते २०:०६

काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दसैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । युनियनद्वारा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत मस्तकला नेपाली विक विजेता घोषित भएकी छन् । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका सातवटा मुख्य एजेन्टमध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् ।

उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।

दसैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा आठ सातासम्म हरेक साता पाँच भाग्यशाली विजेताले २० हजार रुपैयाँ पनि जितिसकेका छन् । नेपालमा रहेका वेस्टर्न युनियनका सात मुख्य एजेन्ट- एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब-एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

वेस्टर्न युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले भने, ‘यो क्यास उत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ भाग्यशाली विजेतालाई हार्दिक बधाई ज्ञापन गर्छु । विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउन वेस्टर्न युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।’

प्रतिक्रिया