मंगलबार, वैशाख ११, २०८१

चीन र भारतबीच आपसी समझदारीका निम्ति आह्वान

नेपालखोज २०७८ मंसिर २१ गते २१:४६

काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिंकमार्फत संवाद गर्दै दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आह्वान गरेका छन् ।

वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एकअर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विशेष घटनामा चिन्ता लिनुको सट्टा दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ र एक अर्कालाई कमजोर बनाउनुको सट्टा एकअर्कालाई सफल बनाउन मद्दत गर्नुपर्छ र विकासोन्मुख देशहरूको साझा हितका प्रमुख मुद्दाहरूमा दुवै पक्ष एकसाथ उभिन सक्छन् र उभिनुपर्छ।’

आफ्नो तर्फबाट विक्रम मिश्रीले भारत–चीन सम्बन्धलाई प्रबर्धन गर्न आफूले प्रयास जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया