शनिबार, जेठ ५, २०८१

चलचित्रमा आउनु पहिले के गर्थे यी बलिउड हस्ती

नेपालखोज २०७८ मंसिर २२ गते १४:२४

बलिउडका कैंयन कलाकार राम्रो पढे–लेखेका छन् । ती मध्ये कतिपय अध्ययन पूरा गरेपछि आ-आफ्नो काममा समेत लागेका थिए । पढाइअनुसारको नोकरीमा लागेका उनीहरू आफ्नो रुचि वा रहरका कारण बलिउड फिल्म इन्डस्ट्रीमा पुगे । यसका लागि उनीहरूले छँदाखाँदाको जागिरसमेत छोडिदिए ।

परिणीति चोपडा १७ वर्षको उमेरमा पढ्न भनेर लन्डन पुगेकी थिइन् । त्यहाँ उनले बिजनेस, फाइनान्स तथा इकोनोमिक्समा ट्रिपल अनर्स गरिन् । उनी त्यहाँ म्यानचेस्टर युनाइटेड फुटबल क्लबको क्याटरिङ डिपार्टमेन्टमा टिम लिडरका रूपमा काम गर्थिन् । मुम्बई आएपछि पनि उनले यसराज फिल्म्स स्टुडियोको मार्केटिङ विभागमा काम गरिन् ।

रणवीर सिंहले अमेरिकामा ग्रेजुएसन गरेका हुन् । फिल्ममा आउनु पहिले उनले एक विज्ञापन एजेन्सिमा कपी राइटरका रुपमा काम गरेका थिए ।

आयुष्मान खुरानाले चन्डिगढबाट आफ्नो पढाई पूरा गरेका हुन् । त्यसपछि उनी त्यही थिएटरको काम गर्न थाले । आयुष्मान चन्डिगढका लोकप्रिय रेडियो जक्की पनि मानिन्थे । उनले रियलिटी शो ‘रोडीज’ मा पनि भाग लिए । त्यसपछि उनले एमटीभी इन्डियाको भिजेका रुपमा समेत काम गरे ।

विक्की कौशलले इलेक्ट्रोनिक्स एन्ड टेलीकम्युनिकेसनमा इन्जिनियरिङ गरेका छन् । क्याम्पस पढ्दापढ्दै उनी जागिरमा पनि लागिसकेका थिए । यसका बाबजुद विक्की कलाकार बन्न चाहन्थे । त्यसैले उनले पढाइपछि जागिरको अफर छोडेर थिएटर ज्वइन गरे ।

सोनाक्षी सिन्हा बलिउडमा डेब्यु गर्नु अघि कस्ट्युम डिजाइनर थिइन् । उनले चलचित्र ‘मेरा दिल लेके देखो’ मा स्टाइलिसका रूपमा काम गरेकी थिइन् ।

जोन अब्राहमले इकोनोमिक्समा स्नातक गरेका छन् । सुरुवाती दिनमा उनी एक एड एजेन्सिमा मिडिया प्लानरका रूपमा काम गर्थे जसबाट उनको दैनिक खर्च उठथ्यो ।

तापसी पन्नुले आफ्नो इन्जिनियरिङको पढाइ दिल्लीमा गरेकी थिइन् । करिब ६ महिना उनले सफ्टवेयर इन्जिनियरका रुपमा नोकरीसमेत गरिन् । तापसीले च्यानल भिको एक टयालेन्ट शोमा भाग लिएकी थिइन् । त्यसपछि नै उनका लागि बलिउडको ढोका खुलेको हो ।

सोहा अली खान दिल्लीको ब्रिटिस स्कुलमा पढ्थिन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट ग्रेजुएसन तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट मास्टर्स डिग्री गरेकी छिन् । फिल्ममा आउनु पहिले सोहा सिटी बैंकमा जागिर गर्थिन् ।

रणदिप हुड्डाले अस्ट्रेलियाबाट म्यानेजमेन्टको अध्ययन पुरा गरेका हुन् । भारत फर्किएका रणदिपले एक मार्केटिङ फर्ममा नोकरी गरे । रणदिप हुड्डाको पहिलो चलचित्र ‘मनसुन वेडिङ’ २००१ मा प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया