बुधबार, फागुन ९, २०८०

भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम पूरा

नेपालखोज २०७८ मंसिर २२ गते १७:०२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भूकम्प पछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । भूकम्प पछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताए ।

उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्ने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यावाद व्यक्त गरे ।

अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताए । उनले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए ।

त्यस्तै, विपत् व्यवस्थापनसम्बन्धी कामहरु गर्न विपत् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताए । मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको बताए ।

प्रतिक्रिया