सोमबार, फागुन १४, २०८०

आज १५ थप लाख डोज मोडर्ना खोप नेपाल आइपुग्दै

नेपालखोज २०७८ मंसिर २३ गते ८:३४

काठमाडौं । अमेरिकाबाट आज मोडर्ना खोप आउँदैछ । झण्डै १५ लाख मात्रा मोर्डना खोप नेपाल आउन लागेको हो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।

गएको शुक्रवार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेको थियो । यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप दिइएको थियो ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया